Kathmandu Press

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, मंसिर ५ : नवनियुक्त मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजित विशेष कार्यक्रम....

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, मंसिर ५ : नवनियुक्त मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपतिको कार्यालय शितलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।

नवनियुक्त मन्त्रीहरु हृदयेश त्रिपाटी, घनश्याम भुषाल, लेखराज भट्ट, वसन्त नेम्वाङ, पार्वत गुरुङ र रामेश्वर राय यादवले सपथ लिएका हुन्।

त्रिपाटी संघीय मामिला, भुषाल कृषि, भट्ट उद्योग, नेम्वाङ भौतिक पूर्वाधार, गुरुङ महिला तथा बालबालिका र यादव श्रमन्त्री नियुक्त भएका छन्।

त्यस्तै, राज्यमन्त्रीहरु मोती दुगड, नवराज रावत र रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। दुगड उद्योग राज्यमन्त्री, रावत स्वास्थ्य राज्यमन्त्री र मानन्धर शहरी विकास राज्यमन्त्री हुन्।

प्रकाशित मिति: १२:१० बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्