Kathmandu Press

दीपक र दीपाको ‘छक्का पन्जा ४’ को छायांकन सुरु

दीपक र दीपाको ‘छक्का पन्जा ४’ को छायांकन सुरु

काठमाडौं, साउन ९ : कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पन्जा ४’ को छायांकन सुरु भएको छ।

निर्माण युनिटले आज (सोमबार) भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरेको हो।

हेमराज बिसीले निर्देशन गर्ने यस फिल्ममा दीपक र दिपासहित निर्मल शर्मा, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, नीर शाहलगायत कलाकारको अभिनय रहनेछ। 

फिल्ममा बेनिशा र मलिना दीपकराजको जोडीका रुपमा रहने बताइएको छ। सुरुदेखि नै सहकार्य गदैृ आएका जितु नेपाल भने यो फिल्ममा नरहेको जनाइएको छ।

फिल्म आगामी कात्तिकमा प्रदर्शन गर्ने तयारीका साथ छायांकन सुरु गरिएको निर्माण टिमले जनाएको छ।

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्