Kathmandu Press

‘योग्यलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको महान कार्यले लज्जित भएका छौं’

काठमाडौं, मंसिर ५ : पूर्वमन्त्री एवं नेकपा नेता प्रभु साहले मन्त्री फेरबदलले जज्जित बनाएको बताएका छन्।

बिहीबार बिहान फेसबुक पेजमा स्टाटस लेख....

‘योग्यलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको महान कार्यले लज्जित भएका छौं’

काठमाडौं, मंसिर ५ : पूर्वमन्त्री एवं नेकपा नेता प्रभु साहले मन्त्री फेरबदलले जज्जित बनाएको बताएका छन्।

बिहीबार बिहान फेसबुक पेजमा स्टाटस लेख्दै साहले भनेका छन्, ‘योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लजित भएकाछौ।’

नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका साहले मन्त्री फेरबदलको आलोचना गरेका छन्। उनले कार्यसम्पादनको आधारमा मन्त्रिमण्डल पुनःगठन नभएको जिकिर गरेका छन्।

नेकपा नेता साहले भनेका छन, ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो।’

उनले मन्त्री हटाउदा र राख्दा कम्युनिस्ट मूल्य मान्यताको ख्याल नगरिएको बताएका छन्। उनले भनेका छन्, ‘मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्री हेरफेर गरेकी थिइन्। जसमा आठ मन्त्री हटाइएका थिए। यसको नेकपा भित्रैबाट पनि आलोचना हुन थालेको छ।

प्रकाशित मिति: ११:४२ बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्