Kathmandu Press

गीतकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’

काठमाडौं, साउन ९ : कवि एवं गीतकार दिनेश अधिकारीले यस वर्षको ‘अरुण थापा स्मृति सम्मान २०७९’ पाएका छन्।२३औं अरुण थापा स्मृति दिवसको अवसरमा भक्तपुर...
गीतकार दिनेश अधिकारीलाई ‘अरुण थापा स्मृति सम्मान २०७९’

काठमाडौं, साउन ९ : कवि एवं गीतकार दिनेश अधिकारीले यस वर्षको ‘अरुण थापा स्मृति सम्मान २०७९’ पाएका छन्।

२३औं अरुण थापा स्मृति दिवसको अवसरमा भक्तपुर सांगीतिक समाजले शनिबार गीतकार अधिकारीलाई उक्त सम्मान प्रदान गरेको हो।

Hardik ivf

वरिष्ठ संगीतकार दीपक जंगमले उनलाई दोसल्ला ओढाएर सम्मान वितरण गरेका थिए।

भर्खरै सम्पन्न ‘सा रे ग म प लिटिल च्याम्प’मा आफ्नो प्रतिभा देखाएकी अविज्ञा घिमिरेलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा गायकहरू रोशन धौभडेल, विनोदराज ढुंगेल, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यलगायतले थापाका चर्चित गीत गाएका थिए। 

त्यस्तै उनीहरुलाई वाद्यवादनतर्फ कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले साथ दिएका थिए। 

कोरोना महामारीका कारण दुई वर्ष औपचारिकतामा सीमित स्मृति दिवस यस वर्ष बृहत रुपमा गरिएको थियो।

प्रकाशित मिति: १४:१० बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्