Kathmandu Press

नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज ११ बजे

काठमाडौं, मंसिर ५ : बुुधबार नियुक्त भएका मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ आज लिने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११....

नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज ११ बजे
फाइल फोटो

काठमाडौं, मंसिर ५ : बुुधबार नियुक्त भएका मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ आज लिने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। राष्ट्रपतिको कार्यालय शितलनिवासमै शपथ ग्रहण कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी हुन्।

नयाँ थपिएका मन्त्रीमा वसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, घनश्याम भुसाल कृषि, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, पार्वत गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्त र रामेश्वर राय यादव श्रममन्त्री रहेका छन्।

प्रधानमन्त्री ओलीले आठ मन्त्रीलाई हटाएका छन्। उनीहरुको ठाउँमा केही नयाँ थपिएका हुन भने केहीलाई हेरफेर गरेका हुन्।

हटाएका मन्त्रीमा रघुवीर महासेठ भौतिक पूर्वाधार, लालबाबु पण्डित संघीय मामिला, गोकर्ण विष्ट श्रम, थममाया थापा महिला बालबालिका तथा जेष्ठ नागरिक, चक्रपाणि खनाल कृषि, मात्रिका यादव उद्योग, रामकुमारी चौधरी कृषिराज्यमन्त्री र धनबहादुर बुढा पर्यटन राज्यमन्त्री रहेका छन्।

प्रकाशित मिति: १०:२४ बजे, बिहीबार, मंसिर ५, २०७६