Kathmandu Press

ज्यान मार्ने उद्योगमा मुद्दा लागेका पार्वत गुरुङलाई प्रधानमन्त्रीले बनाए महिलामन्त्री

काठमाडौं, मंसिर ५ : ज्यान मार्ने मुद्दा लागेका पार्वत गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीमण्....

ज्यान मार्ने उद्योगमा मुद्दा लागेका पार्वत गुरुङलाई प्रधानमन्त्रीले बनाए महिलामन्त्री

काठमाडौं, मंसिर ५ : ज्यान मार्ने मुद्दा लागेका पार्वत गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्दै ज्यान मार्ने मुद्दा लागेका दोलखाबाट निर्वाचित सांसद गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् ।

ओलीले यसअघि मन्त्री रहेकी थममाया थापालाई मन्त्रीबाट हटाउँदै गुरुङलाई मन्त्री बनाएका हुन् । दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने मुद्दा दर्ता भएपछि गुरुङलाई पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पुर्जी जारी भए लगत्तै उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

अदालतमा उपस्थित भएपछि उनको जिल्ला अदालत काठमाडौंले उनको वयान सुरू गरेको थियो । जाहेरीको आधारमा दर्ता भएको ज्यान मार्ने उद्योगको मुद्दामा काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले तत्काल प्राप्त प्रमाणले गुरुङलाई थुनामा राख्न अनि धरौटी माग्न जरुरी नभएको भन्दै उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

नेकपा केन्द्रीय सदस्य समेत रहेका गुरूङ २०७४ सालको आम चुनावमा सबैभन्दा बढी मत पाएर विजयी भएका थिए । ०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो ।

त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । 

प्रकाशित मिति: ०८:२८ बजे, बिहीबार, मंसिर ५, २०७६