Kathmandu Press

पठाओ र टुटलले यात्रु बोक्न नपाउने 

काठमाडौं, मंसिर ५ : यातायात व्यवस्था विभागले टुटल, पठाओ र अन्य निजी सवारी साधनलाई भाडामा मान्छे नबोक्न यातायात व्यवस्था विभागले सुचना जारी गरेको छ। वि....

पठाओ र टुटलले यात्रु बोक्न नपाउने 

काठमाडौं, मंसिर ५ : यातायात व्यवस्था विभागले टुटल, पठाओ र अन्य निजी सवारी साधनलाई भाडामा मान्छे नबोक्न यातायात व्यवस्था विभागले सुचना जारी गरेको छ। विभागले यातायात व्यवस्था ऐनमा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने प्रावधान रहेकोले सूचना जारी गरिएको जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइनेछैन भन्ने व्यवस्था रहेको छ। त्यस्तै दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइनेछैन ।

गत वर्ष महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोकेको भन्दै टुटल र पठाओको मोटरसाइकललाई कारवाही गरेपटि प्रधानमन्त्री ओलीले टुटल र पठाओलाई कारवाही नगर्न ठाडो आदेश दिएका थिए ।  

प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्