Kathmandu Press

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

झापा, साउन ८ : साहित्यकार तेजराज खतिवडा (तेराख) को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ।मेचीनगर-९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको...
साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

झापा, साउन ८ : साहित्यकार तेजराज खतिवडा (तेराख) को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ।

मेचीनगर-९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा.डा. टंक न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याललगायतले शनिबार सो कृतिको लोकार्पण गरे।

Hardik ivf

विसं २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मेका साहित्यकार तेराखको २०७८ असार १६ गते उपचारका क्रममा विराटनगरमा निधन भएको थियो। सर्वजा (उपन्यास), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तनगर (खण्डकाव्य), ढाडेको नाकमा घिउ (निबन्ध सङ्ग्रह) लगायत दर्जनौं साहित्यिक कृति प्रकाशित गरेर तेराखले नेपाली साहित्यमा गुन लगाएको साहित्यकार मिश्र वैजयन्ती बताउँछन्।

विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लागेका तेराख सम्पादक, राजनीतिक अभियन्ता र शिक्षक थिए। पञ्चायती शासनको विरोधमा उनले आँखो, झटारोजस्ता प्रगतिशील पत्रिकामा लेख रचना छपाएका थिए। प्रा.डा. न्यौपानेले नेपाली साहित्य क्षेत्रमा तेराखले पुर्‍याएको योगदानलाई हरेक नेपालीले कदर गर्नुपर्ने बताउँदै उनको स्मृति ग्रन्थले उनको जीवनीलाई नयाँ पुस्तामाझ उजागर गर्न सफल भएको धारणा राखे।

सोही अवसरमा तेराख परिवारजनका तर्फबाट उनका छोरा लेखनाथ खतिवडाले प्रतिष्ठानको अक्षयकोषका लागि रु १० लाखको चेक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललाई हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्