प्रधानमन्त्री निवास भत्काउन शुरु
काठमाडौं, मंसिर ५ : प्रधानमन्त्री निवासअन्तर्गत हाल प्रधानमन्त्री बस्दै आएको भवन नवनिर्माणका लागि बुधबार साँझदेखि भत्काउन शुरु गरिएको छ ।
पञ....

काठमाडौं, मंसिर ५ : प्रधानमन्त्री निवासअन्तर्गत हाल प्रधानमन्त्री बस्दै आएको भवन नवनिर्माणका लागि बुधबार साँझदेखि भत्काउन शुरु गरिएको छ ।
पञ्चायतकालमा निर्माण गरिएको उक्त भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो । नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायी रुपमा बस्ने छन् ।
भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ । कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ । गत भदौ १५ गतेदेखि शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
भवनको लागत रु ३३ करोड ८० लाख रहेको छ ।
प्रकाशित मिति: ०६:५४ बजे, बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार