Kathmandu Press

मनपरी ढंगले मन्त्रिमण्डल पुनर्गठन गरेको समाजवादीको ठहर, सरकार छाड्ने तयारी

काठमाडौँ, मंसिर ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनगरेसँगै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । <....

मनपरी ढंगले मन्त्रिमण्डल पुनर्गठन गरेको समाजवादीको ठहर, सरकार छाड्ने तयारी

काठमाडौँ, मंसिर ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनगरेसँगै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । 

कुनै छलफल नगरी ओलीले मनपरी ढंगले मन्त्रिमण्डल हेरफेर गरेको भन्दै समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको हो । ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकामा रहेका उपेन्द्र यादवलाई कानुनमन्त्रीको जिम्मेवारी दिएका छन् ।

उनको उपप्रधानमन्त्रीको जिम्मेवारी भने यथावत छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेका सुरेन्द्र चौधरीलाई हटाइएको छ । समाजपादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव हाल भारतको दिल्ली भ्रमणमा रहेका छन् ।

उनी दिल्लीबाट फर्किएपछि बैठक बसेर सरकारबाट बाहिरिने बारे निर्णय लिइने बताइएको छ।   
 

प्रकाशित मिति: ०६:४१ बजे, बिहीबार, मंसिर ५, २०७६