बैतडीमा वडाअध्यक्ष मृत भेटिए
बैतडी, मंसिर ४ : बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष राजबहादुर चन्द मृत फेला परेका छन्।
बुधबार बिहान अध्यक्ष चन्द घर नजि....

बैतडी, मंसिर ४ : बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष राजबहादुर चन्द मृत फेला परेका छन्।
बुधबार बिहान अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृत भेटिएका हुन्। गएराति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द मृत भेटिएको वडा नम्बर ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए।
प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए।
प्रकाशित मिति: १५:२५ बजे, बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











