Kathmandu Press

नेपाली भूभाग कुनै पनि हालतमा छोडिन्न : कोइराला

विराटनगर, मंसिर ४ : नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन्।<....

नेपाली भूभाग कुनै पनि हालतमा छोडिन्न : कोइराला

विराटनगर, मंसिर ४ : नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकोमा कांग्रेसको पनि समर्थन रहेको बताए।

महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख भएको बताउदै भने, ‘नेपाली कांग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको छ।’

उनले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाली कांग्रेसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए। कांग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताए।

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, मंसिर ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्