Kathmandu Press

नेकपा सचिवालय बैठक सुरू

काठमाडौं, मंसिर ४ : नेपाल कम्युस्टि पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

मन्त्रिमण्डल पुनःगठनबारे छलफल ग....

नेकपा सचिवालय बैठक सुरू
काठमाडौं प्रेस

काठमाडौं, मंसिर ४ : नेपाल कम्युस्टि पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

मन्त्रिमण्डल पुनःगठनबारे छलफल गर्न नेकपा सचिवालय बैठक सुरू भएको हो। बैठकमा नयाँ बन्ने मन्त्रीबारे छलफल हुने जनाएको छ।

यस अघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। दुवै अध्यक्षले नयाँ मन्त्रीको नाम टुङ्गो लगाएको जनाएको छ।

नयाँ मन्त्रीको नाम टुङ्गो लगाएपछि दुवै अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए। राष्ट्रपतिसँगकाे भेटमा मन्त्रिमण्डल पुनःगठनबारे छलफल भएकाे जनाएकाे छ।

प्रधानमन्त्री ओली र प्रचण्ड शितल निवासबाट फर्के लगत्तै नेकपा सचिवालय बैठक सुरू भएको हो।

नेकपा सचिवालय बैठक सकिएपछि आजै नयाँ मन्त्रीको सपथ ग्रहण हुन सक्ने जनाएको छ।

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, मंसिर ४, २०७६