Kathmandu Press

नयाँ मन्त्रीको नाम टुङ्गो लगाउन ओली-प्रचण्ड छलफलमा

काठमाडौं, मंसिर ४ : नयाँ बन्ने मन्त्रीको नाम टुङ्गो लगाउने प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्....

नयाँ मन्त्रीको नाम टुङ्गो लगाउन ओली-प्रचण्ड छलफलमा

काठमाडौं, मंसिर ४ : नयाँ बन्ने मन्त्रीको नाम टुङ्गो लगाउने प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। उनीहरुबीच बिहान साढे १० बजेदेखि छलफल सुरू भएको हो।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, दुवै अध्यक्ष नयाँ बन्ने मन्त्रीको नाम टुङ्गो लागउन छलफल गरिरहेका छन्। दुवै अध्यक्ष मन्त्रीहरुको नाम टुङ्गो लगाएपछि आजै नेकपा सचिवालय बैठकमा छलफल हुने जनाएको छ।

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा आज नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका थिए। उनले मन्त्रीहरुलाई आज कार्यक्रम नराख्न पनि निर्देशन दिएका थिए।

आज मन्त्रिमण्डल फेरबदल हुने भएपछि बिहानदेखि ओली र प्रचण्ड छलफलमा जुटेका हुन्।

उनीहरुको छलफल सकिएपछि आजै मध्याह्न साढे १२ बजे नेकपा सचिवालय बैठक बस्नेछ। सचिवालय बैठकमा नयाँ बन्ने मन्त्रीहरुका विषयमा छलफल हुने जनाएको छ।

दुवै अध्यक्षले टुङ्गो लगायतका नाममा सचिवालय बैठकले समर्थन जनाएपछि आजै मन्त्रिमण्डल फेरबदल हुने जनाएको छ।

प्रकाशित मिति: ११:०९ बजे, बुधबार, मंसिर ४, २०७६