Kathmandu Press

भारतमा चारमध्ये एक पुरुषमा एनेमिया

नयाँ दिल्ली, मंसिर ४ : हालसालै ‘द लैन्सेट ग्लोबल हेल्थ’ले प्रकाशित गरेको एक अध्ययनले पुरुषबारे निकै संवेदनशील रिपोट सार्वजनिक गरेको छ।

....
भारतमा चारमध्ये एक पुरुषमा एनेमिया
एजेन्सी

नयाँ दिल्ली, मंसिर ४ : हालसालै ‘द लैन्सेट ग्लोबल हेल्थ’ले प्रकाशित गरेको एक अध्ययनले पुरुषबारे निकै संवेदनशील रिपोट सार्वजनिक गरेको छ।

अध्ययनअनुसार भारतमा १५ देखि ५४ वर्ष उमेरका पुरुष कुनै न कुनै खालको एनेमिया (रगतमा रातो रक्त कणिकाको कमि) रोगको शिकार हुने गरेका छन्। यो २३.२ प्रतिशत हो।

यस अध्ययनमा ६ वर्षसम्म महिलालाई पनि सामेल गरिएको थियो। उमेरको हिसाबले २० देखि ३४ वर्षसम्म पुरुषमा एनेमिया हुने सम्भावना कम हुने अध्ययनले देखाएको छ। ५० देखि ५४ वर्ष उमेरमा यसको विस्तार कम हुने द लैन्सेट ग्लोबल हेल्थको अध्ययनमा भनिएको छ। सबैभन्दा बढी युवा यसको चपेटमा परेका छन्।

एनेमिया हुँदाका असर

एनेमिया हुनु भनेको शरीरमा हेमोग्लोबिनको कमि हुनु हो। थकान, ध्यान केन्द्रित गर्नमा कठिनाइ, आलस्य हुनु यसका लक्षण हुन्। विभिन्न उमेरमा यसको स्थिति पनि फरक हुने अध्ययनले बताएको छ।

भारतजस्तो ठूलो जनसंख्या भएको देशमा युवामा यस खालको समस्यालाई चिन्ताका विषयका रुपमा लिइनुपर्ने अध्यताहरुले सुझाव दिएका छन्। अध्ययनले एनेमिया भएकामध्ये २१.७ प्रतिशत पुरुष गम्भीर प्रकृतिका भएको जनाएको छ। जबकि महिलामा ५३.२ प्रतिशतमा मध्ययम र गम्भीर र एनेमिया देखाएको छ ।

भारतको कुन राज्यमा कति प्रतिशत

राज्यका हिसाबले बिहारका पुरुषमा एनेमियाको विस्तार बढी देखिएको छ। यहाँ ३२.९ प्रतिशतमा एनेमिया देखिएको हेल्थले जनाएको छ। बंगालमा ३०.४६, झारखण्डमा ३०.३० प्रतिशत, उडिसामा २८.४५ प्रतिशत पुरुषमा एनेमिया देखा परेको रिपोर्टले बताएको छ।

पुरुषमा एनेमियाको सबैभन्दा कम प्रभाव मणिपुरमा देखिएको छ। जहाँ ९.१९ प्रतिशतमा मात्रै एनिमिया देखिएको उल्लेख छ। नागाल्यान्डमा १०.२३, गोवामा १०.६८ र केरलमा ११.७७ प्रतिशत पुरुषमा एनेमिया देखा परेको छ।

के हो एनिमिया

एनेमिया एक यस्तो अवस्था हो, जसमा रगतमा राता रक्तकोष नष्ट भएर जान्छ। यो नष्ट हुने क्रम यसको निर्माणभन्दा अधिक हुन्छ। जसको नतिजा शरीररमा रगतको कमि हुँदै जान्छ।

पुरुषमा एनेमिया थकान, आलस्य र दिक्दारीको कारण बन्छ। ध्यान केन्द्रित गर्न नसक्ने बनाउँछ। पुरुषमा हेमोग्लोबिनको मात्रा १३.५ र महिलामा १२ भन्दा कम भयो भने शरीरमा रगतको कमी भएको मानिन्छ।

अध्ययनका अनुसार मानिसको दैनिकी र खानामा पौष्टिक आहारको कमि हुनुले एनेमियाका बिरामीको संख्या बढ्नै गएको हो।  

विश्वव्यापी अवस्था

विश्व स्वास्थ्य संगठनले सन २०१३ मा निकालेको रिपोर्टअनुसार संसारभर १.९ अर्ब मानिस एनेमियाबाट ग्रसित छन्। जुन संसारको जनसंख्याको २७ प्रतिशत हो। रिपार्टमा जसमध्ये ९३ प्रतिशत बिरामी निम्न र मध्ययम आयस्रोत भएकाहरु रहेको उल्लेख छ। (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: १०:४२ बजे, बुधबार, मंसिर ४, २०७६