Kathmandu Press

प्रीति आले र टेक अधिकारीको स्वरमा तीज गीत  ‘ओए मेरी रानी’

काठमाडाैं, साउन ५ : तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतहरू पनि धमाधम सार्वजनिक हुन थालेका छन्। यसैक्रममा चर्चित लोकदोहोरी गायिका प्रीति...
प्रीति आले र टेक अधिकारीको स्वरमा तीज गीत  ‘ओए मेरी रानी’

काठमाडाैं, साउन ५ : तीज पर्व नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतहरू पनि धमाधम सार्वजनिक हुन थालेका छन्। 

यसैक्रममा चर्चित लोकदोहोरी गायिका प्रीति आले र गायक टेक अधिकारीको स्वर रहेको  ‘ओए मेरी रानी’ बोलको तीज गीत सार्वजनिक भएको छ।

Hardik ivf

गायक अधिकारी र रेशम प्रधानको शब्दमा तयार पारिएको गीतमा रेशम प्रधानले संगीत दिएका छन्।

विक्रम चौहानले निर्देशन गरेको भिडियोमा अनु पराजुली र लोमश शर्माको अभिनय देख्न सकिन्छ। सुजन श्रेष्ठको छायांकन रहेको भिडियोमा युवराज खत्रीको सम्पादन छ। 

प्रकाशित मिति: १२:११ बजे, बिहीबार, साउन ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्