Kathmandu Press

दक्षिण कोरियाविरुद्ध ब्राजिलको सहज जित

एजेन्सी, मंसिर ४ : अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियामाथि सहज जित निकालेको छ। आबुधाबीमा भएको मैत्रीपूर्णमा ब्राजिलले दक्षिण कोरिय....

दक्षिण कोरियाविरुद्ध ब्राजिलको सहज जित

एजेन्सी, मंसिर ४ : अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियामाथि सहज जित निकालेको छ। आबुधाबीमा भएको मैत्रीपूर्णमा ब्राजिलले दक्षिण कोरियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

मोहमद बिन जायद स्टेडियममा लुकास पक्वेटाले नवौं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ३६ औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ६० औं मिनेटमा डानिलोले गोल गर्दै कोपा अमेरिका विजेता ब्राजिललाई ३–० को जित दिलाए।

यस्तै अर्को मैत्रीपूर्ण खेलमा भेनेजुएलाले जापानलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । 

प्रकाशित मिति: ०८:१५ बजे, बुधबार, मंसिर ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्