Kathmandu Press

विश्वकप फुटबल छनोटः नेपाल कुवेतसित १–० ले पराजित 

काठमाडौं, मंसिर ४ : विश्वकप फुटबल छनोटको पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । दशरथ रंगशाला तयार नभएपछि घरेलु मैदानकारुपमा मंगलबार भुटानको राजधान....

विश्वकप फुटबल छनोटः नेपाल कुवेतसित १–० ले पराजित 

काठमाडौं, मंसिर ४ : विश्वकप फुटबल छनोटको पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । दशरथ रंगशाला तयार नभएपछि घरेलु मैदानकारुपमा मंगलबार भुटानको राजधानी थिम्पुको मैदानमा खेलेको नेपाल १–० ले पराजित भएको हो ।

खेलको २८औं मिनेटमा बादेरले गरेको गोल नै कुवेतका लागि निर्णायक गोल गरे । त्यसअघि, नेपालले २२औं मिनेटमा गोल गर्ने सुन्दर अवसर खेर फाल्दा नेपाल १–० ले पराजित भयो । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले दोस्रो चरणका खेल खेलेको हो । पहिलो चरणमा ‘अवे’ खेल खेलेको नेपालले कुवेतसित ७–० को हार व्यहोरेको थियो ।

त्यस्तै, अष्ट्रेलियासित ५–० र जोर्डनसित ३–० ले हारेको नेपालले चाइनिज ताइपेइलाई भने २–० ले पराजित गरेको थियो । छनोटको समूह ‘बी’मा नेपालसहित पाँच टोली सहभागी छन् । यो समूहमा खेलेका सबै ४ खेल जितेको अष्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ ।

कुवेत १० अंकसहित दोस्रो स्थानमा पुग्दा तेस्रो स्थानको जोर्डनको ७ अंक छ । नेपालको ५ खेलबाट ३ अंक हुँदा खेलेका सबै चार खेल गुमाएको चाइनिज ताइपेइ पुछारमा छ ।

प्रकाशित मिति: ०६:३९ बजे, बुधबार, मंसिर ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्