Kathmandu Press

दिनेश राउत निर्देशित प्रकाशको ट्रेलर सार्वजनिक (भिडियो) 

काठमाडौं, साउन ३ : निर्देशक दिनेश राउतले निर्देशन गरेका फिल्म ‘प्रकाश’को ट्रेलर सर्वाजनिक भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको २ मिनेट १४...
दिनेश राउत निर्देशित प्रकाशको ट्रेलर सार्वजनिक (भिडियो) 

काठमाडौं, साउन ३ : निर्देशक दिनेश राउतले निर्देशन गरेका फिल्म ‘प्रकाश’को ट्रेलर सर्वाजनिक भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको २ मिनेट १४ सेकेन्डको ट्रेलर सर्वाजनिक गरिएको हो।

फिल्ममा माओवादी युद्धमा सहभागी बेपत्ता परिवारको कथा, विपन्न परिवारको शिक्षित युवकले सरकारी शिक्षक बनेर आफ्नो बुबाको चाहना र आफ्नो सपना पूरा गर्न गर्ने संघर्षको देखाउन खोजिएको छ। फिल्ममा प्रदीप खड्का मुख्य भूमिका छन्। 

Hardik ivf

भदौ १० बाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतले अभिनय गरेका छन्। 

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले फिल्ममार्फ कर्णालीको जनजीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको बताए । कार्यक्रममा उनले मुख्य भूमिकामा रहेका प्रदीप खड्काको मिनिनेतको पनि प्रसंशा गरे । प्रकाशले प्रदीपको छविलाई परिवर्तन गनेर््मा आफू विश्वस्त रहेको निर्देशक राउनले बताए । 

यस्तै, कार्यक्रममा प्रदीपले प्रकाशमार्फत आफूले फरक बाटो हिँड्ने प्रयास गरेको बताए । उनले सुरु–सुरुमा यसका परिणामलाई लिएर दुविधा भएपनि पोस्टर र टिजरमा पाएको मायाले फिल्मको परिणाम जेसुकै भए पनि आफू सन्तुष्ट हुने बताए। कार्यक्रम दिया मास्केले ‘प्रकाश’मा आफूले निर्वाह गरेको भूमिका अहिलेसम्मकै गाह्रो भएको उल्लेख गर्दै निर्देशक राउतको प्रशंसा गरिन्। 

विकास सुवेदीले खेलेको फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। राजेश श्रेष्ठले खिचेको फिल्मको सम्पादन जीवन थापाले गरेका हुन् भने फिल्ममा सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत छ।  फिल्मको निर्माता हुन् ।

प्रकाशित मिति: २०:२६ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्