‘मिस इकलेज २०२२’ को लागि आवेदन खुल्याे
काठमाडौं, साउन २ : साउन २, काठमाडौं, विगत १३ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२२ को...
काठमाडौं, साउन २ : साउन २, काठमाडौं, विगत १३ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२२ को एघारौं संस्करणको लागि आवेदन फारम खुल्ला गरेको छ।
उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुलाई प्राथमिकता दिँदै ‘मिस ईकलेज २०२२’ को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताए।
कलेज स्तरका युवतीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको तुलाधर बताउँछिन्।
विगत १३ वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो एघारौैं चरणको लागि आवेदन फारम खुल्ला गरिएको उक्त कार्यक्रममा विभिन्न कलेजहरुबाट ३० जना प्रतियोगी सहभागी गराइने आयोजकले जानकारी दिएको छ।
‘क्तगमभलतुक उभचकयलबष्तिथ भमगअबतष्यल बलम दभबगतथ भन्ने नाराका साथ प्रतियोगितामा नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ। यस कार्यक्रममा सहभागी समपूर्ण प्रतियोगीहरुलाई सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई विभिन्न विषयमा अध्ययन गर्न चाहेमा नेपाल एयर होस्टेज एकेडेमीमा ७ हजार बरावरको छुट, त्यसै गरी फेशन डिजाइन कोर्षमा ७ हजार बरावरको छुट ,मेकअप तालिम लिन परेमा ५ हजार वरावरको रकम छुटको व्यवस्था पनि गरिएको छ भने उच्च शिक्षामा विभिन्न छात्रावृत्तिहरु प्रदान गरिने बताइएको छ । यस कार्यक्रमको लागि सहभागीताको लागि भाद्र पहिलो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यालय कमलादीमा भर्न सकिनेछ ।
उत्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा असोजको पहिलो सातादेखि राजधानीमा गराइने छ। प्रतियोगिताका विजेताहरुले ‘मिस ईकलेज २०२२’ कोे ताज उपाधि सहित एकलाख नगद सहित साथै ३ जना विजेतालाई मोडलिङ ,म्यूजिक भिडियो, फिल्म तथा विभिन्न व्राण्डको व्राण्ड एम्वासडरको भूमिकामा सहभागी गराइने छ भने अनय विभिन्न अवसरहरु प्रदान गरिने बताइएको छ। साथै उच्च शिक्षाको लागि विभिन्न देशमा अध्ययनको लागि छात्रावृत्ति पनि उपलव्ध गराइने छ । भने अन्य गिफ्टहयाम्पर पाउने छन यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ आयोजकले जानकारी दिएको छ। ।












