Kathmandu Press

वसन्तपुर दरबार क्षेत्रमै छैन सार्वजनिक शौचालय

काठमाडौं, मंसिर ३ : सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० को तयारी अन्तिम चरणमा पुर्‍याउँदा विश्व सम्पदा सूचिमा सूचिकृत अधि....

वसन्तपुर दरबार क्षेत्रमै छैन सार्वजनिक शौचालय
फाइल फोटो

काठमाडौं, मंसिर ३ : सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० को तयारी अन्तिम चरणमा पुर्‍याउँदा विश्व सम्पदा सूचिमा सूचिकृत अधिकांश क्षेत्रमा भने सार्वजकि शौचालयसमेत छैनन्।

काठमाडौं उपत्यकाभित्रकै अधिकांश धार्मिक तथा पर्यटकीय क्षेत्रमा सार्वजनिक शौचालय नभएको पाइएको छ। ति ठाउँमा नयाँ शौचालय निर्माणका लागि पनि पहल भएको देखिएको छैन। विश्व सम्पदा सूचिमा सूचिकृतमध्ये एक वसन्तपुर दरबार क्षेत्रमा पनि शौचालय छैन।

नेपाल भ्रमणमा आउने अधिकांश पर्यटक वसन्तपुर दरबार क्षेत्र पुग्छन्। तर, त्यहीँ क्षेत्रमा सार्वजनिक शौचालयन नहुनु लज्जास्पद भएको पर्यटन व्यवसायीको भनाइ छ।

Hardik ivf

युवा पर्यटन व्यवसायी तथा टानका पूर्वकेन्द्रीय सदस्य गोपाल श्रेष्ठले भ्रमण वर्षको अधिकांश कार्यक्रममा सार्वजनिक शौचालयको कुरा उठाए पनि सुनुवाइ नभएको बताए। ‘पर्यटकलाई खुशी बनाउने सके नेपालको प्रचार उनीहरूले नै गर्छन्। त्यस्तो वातावरण निर्माण गर्नुपर्छ,’ श्रेष्ठले भने।

कतिपय क्षेत्रमा सार्वजनिक शौचालय भएता पनि त्यसको उचित प्रयोग नहुँदा पर्यटकलाई सास्ती हुँदै आएको छ। भएका सार्वजनिक शौचालयसमेत अव्यवस्थित र दुर्गन्धित रहेको उनले बताए। नेपालका एक सय पर्यटकीय क्षेत्रलाई समेटेर सरकारले भ्रमण वर्ष लक्षित कार्यक्रमसमेत गरिरहेको छ।

तर, काठमाडौं उपत्यकाभित्र केही यस्ता पर्यटकीय गन्तव्यहरु छन्, जहा सार्वजनिक शौचालय समेत निर्माण गरिएको छैन।

नेपालको भ्रमणमा आउने अधिकांश पर्यटकको रोजाइ धार्मिक तथा साँस्कृतिक सम्पदा हुने गर्छन्। सामान्यतया घुम्न ठाउँ पुग्नका लागि सडक, बाटो, खानाका लागि होटल, रेस्टुरेन्ट तथा घुमफिर गर्ने वातारण हुनुपर्छ। सार्वजनिक शौचालयको व्यवस्था हुनुपर्छ।

एक अध्ययनअनुसार, काठमाडौंमा प्रयाप्त सार्वजनिक शौचालय छैनन्। गुथी संस्थाले काठमाडौ, ललितपुर, कीर्तिपुर र मध्यपुर ठिमीमा गरेको सर्वेक्षणअनुसार, प्रयाप्त सार्वजनिक शौचालय नभएको देखिएको हो। सो सर्वेक्षण अनुसार, काठमाडौं महानगरपालिमा ३७ वटा सार्वजनिक स्थलमा मात्रै शौचालय छन्।

त्यस्तै, महानगरपालिकाभित्रका धार्मिक स्थलमा २२, सरकारी भवनमा पाँच, पार्कमा पाँच, व्यापारिक भवनमा १७, अस्पतालमा नौ, पेट्रोल पम्पमा ५६ गरि एक सय ५१ वटा सार्वजनिक शौचालय छन्।

त्यस्तै, ललितपुर महानगरभित्र सार्वजनिक स्थलमा नौ, धार्मिक स्थलमा पाँच, सरकारी भवनमा आठ, पार्कमा दुई, व्यापारिक भवनमा पाँच, अस्पतालमा सात र पेट्रोल पम्पमा १८ गरि ५४ वटा स्थानमा मात्रै सार्वजनिक शौचालय छन्।

आज ‘शौचालयको पहुँचबाट कोही बञ्चित नहोस्’ भन्ने नाराका साथ विश्व शौचालय दिवस मनाइँदै छ। गत ६ वर्षदेखि नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदै आएको छ। तर, काठमाडौं उपत्यकाकै अधिकांश पर्यटकीय स्थलहरुमा भने सार्वजनिक शौचालय छैनन्।

प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, मंसिर ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्