Kathmandu Press

५१ दिन पार गर्दा कबड्डी-४ ले कमायो २५ करोड

काठमाडाैं, साउन १ : फिल्म ‘कबड्डी-४ : द फाइनल म्याच’ले बक्स अफिसमा ५१औं दिन मनाउँदा २५ करोडभन्दा बढी कमाएको छ।रामबाबु गुरुङको निर्देशनमा बनेको यो...
५१ दिन पार गर्दा कबड्डी-४ ले कमायो २५ करोड

काठमाडाैं, साउन १ : फिल्म ‘कबड्डी-४ : द फाइनल म्याच’ले बक्स अफिसमा ५१औं दिन मनाउँदा २५ करोडभन्दा बढी कमाएको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको यो फिल्म घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्न भएकाे छ। यो चलिचत्र ३ करोड लगानीमा निर्माण भएको निर्माण पक्षले जनाएको छ। 

Hardik ivf

जेठ १३ गते रिलिज भएको फिल्म अहिले पनि काठमाडौंका केही हलमा चलिरहेको छ। यो नेपालमा मात्र नभई फिल्मले विदेशी बजारमा पनि राम्रो व्यापार गरेको छ। अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, बेलायतलगायत देशहरूमा यो चफिल्मले राम्रो व्यापार गरेको हाे। कबड्डी-४ भारतमा पिभिभआर मल्टिप्लेक्स चेनमा समेत रिलिज हुने पहिलो चलचित्र बनेको छ।

बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो फिल्मले कोरोना महामारीका कारण सुस्ताएको नेपाली फिल्म बजारलाई तरंगित बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

पछिल्ला नेपाली फिल्ममा ‘ए मेरो हजुर ३’ र ‘छक्का पन्जा ३’ ले ५१ दिन पार गरे पनि ती कोरोना महामारीअघि चलेका थिए। 

सामाजिक कथावस्तुलाई रोमान्टिक कमेडीमार्फत प्रस्तुत गरिएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

कबड्डी ४ का निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन्। याे फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी र अनुपम शर्माको संगीत रहेकाे छ। याे फिल्ममा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेकाे छ।

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्