टिकटकमा भारतीय बढी आकर्षित, प्रयोगकर्ता पुगे एक अर्ब ५० करोड
पछिल्लो समय ‘टिकटक’ निकै लोकप्रिय बन्दै गएको छ। पछिल्लो रेकर्ड अनुसार ‘टिकटक’मा भारतीयको आकर्षण बढी देखिएको छ । टिकटक भिडियो एप डाउनलोड गर्नेहर....

पछिल्लो समय ‘टिकटक’ निकै लोकप्रिय बन्दै गएको छ। पछिल्लो रेकर्ड अनुसार ‘टिकटक’मा भारतीयको आकर्षण बढी देखिएको छ । टिकटक भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ ।
सन् २०१९ मा मात्र टिकटकको डाउनलोड संख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएर ६१ करोड ४० लाख पुगेको छ । टिकटक डाउनलोड गर्नेमा भारतबाट सर्वाधिक करिब ३१ प्रतिशत योगदान छ, भारतबाट ४६ करोड ६८ लाखले डाउनलोड गरेका छन् ।
टिकटकले यस वर्ष ‘नन–गेमिङ’ वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ, त्यसपछि क्रमसः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम छन् ।
प्रकाशित मिति: ०७:४१ बजे, मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












