मैत्रीपूर्ण खेलः उरुग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना
काठमाडौं, मंसिर ३ : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र उरुग्वे २–२ गोलको बराबरीमा रोकिएका छन् ।
इजरायलमा भएको खेलमा उरुग्वेका लागि इडिन्सन....

काठमाडौं, मंसिर ३ : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र उरुग्वे २–२ गोलको बराबरीमा रोकिएका छन् ।
इजरायलमा भएको खेलमा उरुग्वेका लागि इडिन्सन कभानी र लुइस स्वारेजले गोल गरेका थिए भने अर्जेन्टिनाका लागि सर्जियो एगुएरो र लियोनल मेस्सीले गोल गरे । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले खेलको अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिनाले उरुग्वेलाई बराबरीमा रोकेको हो ।
३४औं मिनेटमा कभानीले स्वारेजको पासमा गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा एक गोलको अग्रता दिलाए । ६३औं मिनेटमा एगुएरोले मेस्सीको पासमा गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसलगत्तै ६८औं मिनेटमा स्वारेजले फ्रिकिकमार्फत गोल गर्दै उरुग्वेलाई फेरि अग्रता दिलाए ।
खेलको इन्ज्युरी समयमा अर्जेन्टिनाले पेनाल्टी पायो । सो पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए । प्रतिबन्धपछि फर्किएका मेस्सीको दुई खेलमा लगातार दोस्रो गोल हो ।











