‘कृष्ण–लीला’को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ
काठमाडौं, असार ३२ : असार फिल्म ‘कृष्ण–लीला’ ट्रेलर सार्वजनिक भएको छ । डिएआर मुभीजमार्फत सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको...
काठमाडौं, असार ३२ : असार फिल्म ‘कृष्ण–लीला’ ट्रेलर सार्वजनिक भएको छ । डिएआर मुभीजमार्फत सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देख्नसकिन्छ ।
दीपक ओलीको निर्देशनमा बनेको फिल्म भदौ ३ गतेदेखि प्रदर्शनमा आउँदैछ । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथमा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, िहउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् ।
कृष्ण जन्माष्टमीको दिनमा दर्शकमाझ आउने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् ।
रंगपत्रकार लक्ष्मण सुवेदीले खेलेको फिल्म पूर्वी नेपालको पाँचथर, इलाम, झापाका रमणीय स्थलहरुमा छायांकन गरिएको हो । शिव ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् ।
फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।
फिल्मका सार्वजनिक ‘कुनै दिन यस्तो पनि..’ र ‘ए मेरो हजुर..’ बोलका दुवै गीत हिट भएसँगै निर्माण पक्ष ‘कृष्ण–लीला’ प्रति निकै उत्साहीत देखिएको छ । प्रदर्शनको मिति नजिकीदै जादा प्रचारप्रशारलाई तीव्रता दिएको यो फिल्मको कृष्ण र लीला अर्थात् अभिनेता पुष्प र अभिनेत्री श्रद्धाको जोडी पनि अहिले चर्चामा छ।
हेर्नुस् ट्रेलर












