आइस हक्की संघको अध्यक्षमा पाठक
काठमाडाैं, मंसिर २ : नेपाल आइस हक्की संघको अध्यक्षमा भुवन पाठक निर्विरोध चयन भएका छन्।
संघको सोमबार भएको दोस्रो साधारण सभाले पाठकको अध्यक्षत....

काठमाडाैं, मंसिर २ : नेपाल आइस हक्की संघको अध्यक्षमा भुवन पाठक निर्विरोध चयन भएका छन्।
संघको सोमबार भएको दोस्रो साधारण सभाले पाठकको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो। संघको उपाध्यक्षत्रयमा श्रीविक्रम भण्डारी, विजय खड्का र मदन केसी, महासचिवमा गणेश रिमाल, सचिवमा मनोज ढुंगेल र कोषाध्यक्षमा हरि मानन्धर चयन भएका छन्।
यसैगरी सदस्यहरूमा प्रज्ज्वल थापा, मुकेश शाही, देवकृष्ण थापा, लेखनाथ शर्मा पराजुली, श्रेया केसी, रोजेश रिजाल, कमल शर्मा आचार्य, गोविन्दसिंह डंगोल, ठाकुरप्रसाद पौडेल र दिलबहादुर तामाङ चयन भए।
साधारण सभाको संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए।











