कलाकार जोगिन्दरकोे गाइजात्रे कोसेली ‘गठबन्धन’ (भिडियो)
काठमाडौं, असार ३० : ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन्...
काठमाडौं, असार ३० : ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् ।
आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएका हुन् ।
देशको समसामाहिक राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मुल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रशिया युद्ध लगायत निकै मार्मिक बिषयहरु उनले यो बर्ष आफ्नो कमेडी ‘गठबन्धन’ मा समेटेका छन् । भरपुर प्रहसन समेत रहेको कोसेलीमा फिल्म भैरेको गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाएका छन् ।
प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधव कुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई ब्याङ्ग्यको बिषयमा समेटेका छन् । ओएसआर डिजिटलको निर्माण तथा रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको ‘गठबन्धन’ को भिडियोमा रिजाल स्वयंको अलवा दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेमशर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्का लगायतको अभिनय देख्न सकिन्छ ।
‘गठबन्धन’ ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक भएको हो । बिगत दुई दशक भन्दा लामो समयदेखि गाईजात्राको अवसर पारेर नियमित कोसेली ल्याउने गरेका रिजालको ‘गठबन्धन’ २० औं कोसेली हो । यो भन्दा अगाडि उनले ल्याएको उनले ‘लकठाउन’ नामक गाईजात्रे कोसेली सर्वाधिक मनपराइएको थियो । यसपालीको कोसेली पनि दर्शकले रुचाउने उनको विश्वास छ ।












