Kathmandu Press

पीएसएलको ड्राफ्टमा परे पारससहित ७ नेपाली क्रिकेटर

काठमाडौं, मंसिर २ : पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा पारस खड्कासहित सात नेपाली क्रिकेटर समावेश ....

पीएसएलको ड्राफ्टमा परे पारससहित ७ नेपाली क्रिकेटर

काठमाडौं, मंसिर २ : पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा पारस खड्कासहित सात नेपाली क्रिकेटर समावेश भएका छन्। 

सोमबार सार्वजनिक गरिएको ड्राफ्टमा पूर्वकप्तान खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, शरद भेष्वाकर, विनोद भण्डारी, आरिफ शेख र रोहितकुमार पौडेल समावेश भएका छन्। 

पारस, सोमपाल, शरद, दीपेन्द्र र रोहितकुमारले पीएसएलका लागि व्यक्तिगत रुपमा नाम पठाएका थिए भने विनोद र आरिफको नाम नेपाल क्रिकेट संघ (क्यान)ले पठाएको थियो। पारसहित सातै जनालाई सिल्भर क्याटागोरी (विदेशी) मा राखिएको छ। यो क्याटागोरीको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलर छ। 

क्यानले विनोद र आरिफसँगै करण केसी, पवन शरार्फ र ललित नारायण राजवंशीको नाम पनि पठाएको थियो। तर, उनीहरु अहिलेसम्म ड्राफ्टमा परेका छैनन्। यद्यपी इमर्जिङ क्याटागोरी ड्राफ्टको नाम सार्वजनिक हुन बाँकी छ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने विदेशी खेलाडीको ’प्लाटिनम’ श्रेणीमा परेका थिए। यो क्याटागोरीको मूल्य १ लाख ४७ हजार डलर देखि २ लाख १८ हजार डलर छ। 

सन् २०२० को फेब्रुअरीमा हुने पीएसएलको खेलाडी छनोटका लागि डिसेम्बर ६ र ७ मा ‘ड्राफ्ट’ हुनेछ।
 

प्रकाशित मिति: १६:३३ बजे, सोमबार, मंसिर २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्