Kathmandu Press

नेपाल बंगलादेशसँग आठ विकेटले पराजित

काठमाडौं, मंसिर २ : एसीसी इमर्जिङ टिम्स कपको सोमबारको खेलमा नेपाल बंगलादेशसँग आठ विकेटले पराजित भएको छ।

नेपालले दिएको एक सय ३९ रनको लक्ष्य ब....

नेपाल बंगलादेशसँग आठ विकेटले पराजित

काठमाडौं, मंसिर २ : एसीसी इमर्जिङ टिम्स कपको सोमबारको खेलमा नेपाल बंगलादेशसँग आठ विकेटले पराजित भएको छ।

नेपालले दिएको एक सय ३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो। बंगालदेशका लागि नजलमुल हुसेन सन्टोले ५९, मोहम्मद नैवले ४५, यासिर अलिले १८ र सौम्य सरकारले ११ रन बनाए।

नेपालका लागि करण केसी र सुशन भारीले एक-एक विकेट लिए।

यस अघि नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर एक सय ३८ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले ३८, ज्ञानेन्द्र मल्लले २२, करण केसीले १८, आरिफ सेखले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, मंसिर २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्