नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स (भिडियोसहित)
काठमाडौं, मंसिर २ : पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित नाइट क्लब पुगेका छन्। उनले त्यहाँ अन्य सहभागीसँगै डान्स पनि गरेका छन्।
शनिब....
काठमाडौं, मंसिर २ : पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित नाइट क्लब पुगेका छन्। उनले त्यहाँ अन्य सहभागीसँगै डान्स पनि गरेका छन्।
शनिबार राति काठमाडौंको ठमेलस्थित चर्चित नाइटक्लब एलओडी पुगेका हुन्। पूर्वराजा ज्ञानेन्द्रसँगै छोरी प्रेरणा र बुहारी हिमानी पनि एलओडी पुगेका थिए।
गीत बज्न थालेपछि उनी पनि नाच्न थालेका थिए। पहिले छुट्टै स्थानमा रहेका शाह पछि अन्य सहभागीसँगै फ्लोरमा पुगेका थिए। जहाँ उनले कोट फुकालेर मज्जाले नाचेका थिए।
याे पनि पढ्नुस् : यस्तो पूर्वराजा ज्ञानेन्द्रले डान्स गरेको नाइट क्लब
प्रकाशित मिति: ११:०३ बजे, सोमबार, मंसिर २, २०७६
थप समाचार






