Kathmandu Press

नेपाली क्यारिकेचर–२०७९ (फोटोफिचर)

काठमाडाैं, असार २६ : नेपाली क्यारिकेचर–२०७९ को उद्घाटन गरिएको छ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा हुने नेपाली क्यारिकेचर–२०७९ को...
नेपाली क्यारिकेचर–२०७९ (फोटोफिचर)

काठमाडाैं, असार २६ : नेपाली क्यारिकेचर–२०७९ को उद्घाटन गरिएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा हुने नेपाली क्यारिकेचर–२०७९ को आज (आइतबार) नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच औपचारिक रूपमा सुरु गरिएको हो। 

गोपाल चित्रकार, केके कर्माचार्य, रमेशनाथ खनाल, विशिष्ट कलाकार अशोकमान सिंह चित्रकार, शुष्मा राजभण्डारी, कार्टुनिष्ट क्लबका पूर्वअध्यक्ष अविन श्रेष्ठ, वर्तमान अध्यक्ष बासु क्षितिजलगायत कलाकारको आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिजले व्यंग्यचित्रको अर्को पाटोका रूपमा रहेको क्यारिकेचरमा विशेषतः अनुहारको व्यंग्यात्मक हाउभाउ प्रस्तुत गरिने बताए। प्रदर्शनीमा करिब ४२ कलाकारका ४७ क्यारिकेचर राखिएको उनले जानकारी दिए। 

प्रदर्शनीमा चित्रकार किरण मानन्धर, पत्रकार किशोर नेपाल, ऋषि धमला, कार्टुनिष्ट अविन श्रेष्ठ, केशव राज खनालदेखि कलाकार हरिवंश आचार्य, केदार घिमिरे (माग्ने बुढा), सुनिल थापा, राजाराम पौडेललगायत कलाकारका क्यारिकेचर राखिएका छन्। 

कार्टुनिस्ट क्लबले गत पुस (२८–३० गते) मा महिला कलाकार केन्द्रित गरी सञ्चालन गरिएको क्यारिकेचर कार्यशालाका उत्कृष्ट २१ क्यारिकेचरलाई प्रदर्शनीमा समावेश गरिएको छ।

कार्यक्रमको संयोजन कार्टुनिस्ट क्लब अफ नेपालका उपाध्यक्ष देवेन्द्र थुम्केलीले गरेका छन्। प्रदर्शनी असार २८ सम्म सञ्चालन हुनेछ।


 

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्