Kathmandu Press

भानु जयन्तीका अवसरमा हुने राष्ट्रिय कविता प्रतियोगिताका लागि १५ कविता छनोट

भानु जयन्तीका अवसरमा हुने राष्ट्रिय कविता प्रतियोगिताका लागि १५ कविता छनोट

काठमाडाैं, असार २६ : आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा ११ जिल्लाका १५ कविता छनोट भएका छन्। 

आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा वाचनका लागि प्राप्त भएका कवितामध्ये ती कविता छनोट भएका हुन्। आचार्यको जन्मजयन्तीका अवसरमा यही असार २८ गते खुला कविता प्रतियोगिता हुन गइरहेको छ। 

Hardik ivf

कविले स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए। प्रतियोगितामा कविता वाचनका लागि पर्वत, मोरङ, कास्की, नवलपुर, अछाम, रामेछाप, कपिलवस्तु, बारा, खोटाड, पाल्पा र रुपन्देहीका कवि सहभागी हुने बताइएको छ। 

प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुने दुईजनालाई जनही रु. ५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ। कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो। भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदासमेत दिएको छ। 

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा पनि उत्तिकै प्रख्यात छन्।

मोतीराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन्। उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीरामले पुस्तकाकारमा प्रकाशित गरेपछि नेपाली साहित्यमा चिनिएका थिए।

प्रकाशित मिति: १५:०८ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्