Kathmandu Press

आमा र छोराका दुई कृति एकैसाथ सार्वजनिक

काठमाडौं, असार २६ : बयानब्बे वर्षीया आमा मनमाया सिटौला र ५० वर्षीय कान्छा छोरा कवीन्द्र सिटौला ‘जिज्ञासु’ द्वारा लिखित दुई पुस्तक एकैसाथ विमोचन...
आमा र छोराका दुई कृति एकैसाथ सार्वजनिक

काठमाडौं, असार २६ : बयानब्बे वर्षीया आमा मनमाया सिटौला र ५० वर्षीय कान्छा छोरा कवीन्द्र सिटौला ‘जिज्ञासु’ द्वारा लिखित दुई पुस्तक एकैसाथ विमोचन गरिएको छ।

आमा मनमायाको आत्मकथा ‘मैले बिताएको युग’ र छोरा कवीन्द्रको कविता सङ्ग्रह ‘हृदयका स्पन्दनहरू’ एकैसाथ शनिबार सार्वजनिक गरिएको हो।

Hardik ivf

काठमाडाैंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गंगाप्रसाद उप्रेतीलगायतले ती दुवै कृति विमोचन गरे।

पुस्तक विमोचन समारोहमा डा. उप्रेतीले मनमायाको कृतिले एक सय वर्षअघिको नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक परिवेश अभिव्यक्त गरेको बताउँदै यो पुस्तक एउटा कालखण्डको एक महत्वपूर्ण अभिलेख भएको उल्लेख गर्नुभयो। त्यसैगरी छोरा स्रष्टा कवीन्द्रको कवित्व आकर्षक रहेको चर्चा गर्दै कवितायात्रालाई निरन्तरता दिन आग्रह गरे।

साहित्यकार डा. साधना प्रतीक्षाले ‘मैले बिताएको युग’को समीक्षात्मक टिप्पणी गर्दै मनमायाको जीवन आफैंमा एउटा कृति भएको उल्लेख गरिन्। उनले भनिन्, “सिटौलाको यो कृति पढ्नु भनेको हरेकले आफ्नी आमालाई पढ्नु हो।'

प्राज्ञ कवि डा. देवी नेपालले कवीन्द्रको कृतिमाथि चर्चा गर्दै उनको कवितामा जीवन र जगत्का विविध भोगाइ अभिव्यक्त भएको धारणा राखे। 

‘मैले बिताएको युग’का सम्पादक तथा मनमायाकी छोरी साहित्यकार राधिका दाहालले आफूले आमाको जीवनका भोगाइहरु डायरीमा लेख्ने गरेको र आज त्यही डायरीले पुस्तकको रूप लिएको जानकारी दिइन्। सो आत्मकथाको राधिकाले सम्पादन गरेकी हुन्।

हरिचरण सिटौला प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार मोहनलाल सिटौला, स्रष्टाहरू विजया पन्त, कवीन्द्र सिटौला, डा वसन्त पन्तलगायतले उक्त कृतिहरूमाथि आफ्ना धारणा राखेका थिए। वरिष्ठ साहित्यकार मोहनलाल मनमायाका जेठा छोरा हुन्।

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्