Kathmandu Press

सस्पेन्स थ्रिलर नेपाली चलचित्र ‘लाखे’ को ट्रेलर रिलिज

काठमाडौँ, असार २६ : सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्र ‘लाखे’को ट्रेलर  रिलिज भएको छ । करिब एक मिनेट १० सेकेन्डमा सस्पेन्ससहित एक्सन देख्न सकिन्छ...
सस्पेन्स थ्रिलर नेपाली चलचित्र ‘लाखे’ को ट्रेलर रिलिज

काठमाडौँ, असार २६ : सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्र ‘लाखे’को ट्रेलर  रिलिज भएको छ । करिब एक मिनेट १० सेकेन्डमा सस्पेन्ससहित एक्सन देख्न सकिन्छ ।

चलचित्रको  निर्देशन सम्राट बस्नेतले  गरेका छन् भने निर्माण पक्षमा हरि मल्ल ठकुरी, सिजन अर्याल, जि एम ठकुरी छन् । चलचित्रमा दीपक बज्राचार्यको संगीत रहेको छ । 

चलचित्रमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप विक्रम शाही, वर्षा राउत, प्रशान्त ताम्राकार, सुशील सिटौला लगायतका  कलाकारको  अभिनय देख्न सकिन्छ। 

 भाद्र ३१ गते रिलिज हुने मिति पनि तोकिएको छ। 

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, असार २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्