Kathmandu Press

विमलसहित चार खेलाडीलाई एन्फाले राष्ट्रिय टिमबाट हटायो

काठमाडौं, कात्तिक ३० : अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्ती मगरसहित चार खेलाडीलाई राष्ट्रिय टिमबाट हटाएको छ। 

शुक्रबार राति न....

विमलसहित चार खेलाडीलाई एन्फाले राष्ट्रिय टिमबाट हटायो

काठमाडौं, कात्तिक ३० : अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्ती मगरसहित चार खेलाडीलाई राष्ट्रिय टिमबाट हटाएको छ। 

शुक्रबार राति नाइट क्लबमा गएको भन्दै शनिबार एन्फाले स्ट्राइकर विमल, मिडफिल्डर अञ्जन विष्ट र सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई राष्ट्रिय टिमबाट हटाएको हो। 

विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्न नेपाली टोली शनिबार नै त्यसतर्फ जाँदैछ। नेपालले विश्वकप छनोट अन्तर्गत मंगलबार थिम्पुमा  कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। 

चार जना खेलाडीले अनुशासनहीन काम गरेको भन्दै प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट हटाइएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए। उनीहरुको स्थानमा अरू चार जना खेलाडीलाई पठाइने प्रवक्ता राईले बताए।

 

प्रकाशित मिति: १५:२१ बजे, शनिबार, कात्तिक ३०, २०७६