Kathmandu Press

उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

काठमाडाैं, कात्तिक ३० : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेका छन्।  

युएईका प्....

उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

काठमाडाैं, कात्तिक ३० : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेका छन्।  

युएईका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा उपप्रधानमन्त्री पोखरेल शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्। 

दुबईमा रहँदा उपप्रधानमन्त्री पोखरेलले द्विपक्षीय उच्चस्तरीय छलफल तथा भेटघाट गर्नुका साथै ‘दुबई एयर–शो’मा सहभागी हुने कार्यक्रम छ। ‘एअर–शो’को पहिलो दिन आइतबार हुने उद्घाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेलले आतिथ्यता गर्ने छन् भने त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा युएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्ने कार्यक्रम छ।

नेपाली दूतावास आबुधाबी र नेपाली विजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा सोमबार साँझ नेपाली तथा विभिन्न देशका व्यवसायी एवम लगानीकर्तासँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले दुबई च्याम्बर अफ् कमर्सका उच्च अधिकारीसँग भेटघाट तथा विशेष छलफल गर्ने छन्।

सन् १९८६ देखि युएईले ‘दुबई एअर शो’ को आयोजना गर्दै आएको छ। विभिन्न देशले एअर शोलाई शक्ति प्रदर्शनको रुपमा समेत लिने गरेका छन्। यो प्रदर्शनीमा नेपाल पहिलो पटक उच्चस्तरीय नेतृत्वसहित सहभागी हुन लागेको हो।

भ्रमण टोलीमा नेपाली सेनाका पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनन्त कार्की, परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका महाशाखाका सहसचिव हरिश्चन्द्र घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका स्वकीय सहसचिव दीपेन्द्र श्रेष्ठ सहभागी छन्। 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री मंसिर ४ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति: १३:४७ बजे, शनिबार, कात्तिक ३०, २०७६