राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्दैन : नेम्वाङ
दमक, कात्तिक ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले अब देशमा राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्ने दिनको अ....

दमक, कात्तिक ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले अब देशमा राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नुपर्ने दिनको अन्त्य भएको बताएका छन्।
झापाको दमकमा शनिबार युथ नेटवर्कले आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब देशलाई राजनीतिक आन्दोलन जरुरी नभएको दाबी गरेका हुन्।
नेम्वाङले देश नयाँ युगमा अघि बढिसकेकाले अब राजनीतिक परिवर्तन नभई देशको विकास र समृद्धिका लागि एकजुट हुनुपर्ने दिन आएको बताए।
राजनीतिक परिवर्तनका लागि देशमा ६ दशक बढी विभिन्न प्रकारका आन्दोलन र संघर्ष भएको उल्लेख गर्दै उनले ६ दशक लामो समयदेखिको उपलब्धिका रुपमा देशले गणतान्त्रिक संविधान पाएको र त्यसलाई संस्थागत गर्दै देशलाई विकास र समृद्धितर्फ रुपान्तरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। रासस











