‘यात्रा प्रेतात्मासँग’ सार्वजनिक

काठमाडाैं, असार २५ : लेखक रत्नकुमार श्रेष्ठद्वारा लिखित ‘यात्रा प्रेतात्मासँग’ सार्वजनिक गरिएको छ।
सामयिक व्यवस्थापन सेवा केन्द्रले आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले ‘यात्रा प्रेतात्मासँग’को लोकार्पण गरे।
रत्न पुस्तक भण्डारले प्रकाशन गरेको सो पुस्तकमा लेखक आफैँले आफ्नो जीवनमा प्रत्यक्ष सामना गरेका घटनालाई समावेश गरेका छन्।
लेखक श्रेष्ठले भने, 'यस पुस्तकमा बाबुबाजेहरुले आत्मा, प्रेतात्मा, परमात्माको विषयमा भनेका र म आफैँले प्रत्येक सामना गरेका घटनालाई शब्दमा उतारिएको हो।'
पुस्तकमा ‘दैवी घटनाः सम्झनाको तरेलीबाट’, ‘शरीर र आत्माको प्रभाव’ र ‘बाल्यवस्थामा अन्तर्मनको सोच : आत्मादेखि परमात्मासम्म’ लगायत २० घटनालाई समावेश गरिएको छ । लेखक विमल भौकाजीले सम्पादन गर्नुभएको सो पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ।












