Kathmandu Press

सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न सकेन : देउवा

महेन्द्रनगर, कात्तिक ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन्। 

....
सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न सकेन : देउवा

महेन्द्रनगर, कात्तिक ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन्। 

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार बिहान गरेको पत्रकार सम्मेलनमा उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन्।   
देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए।  उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए। “कालापानी हाम्रो हो। महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उनले भने, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ।”

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो।  भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए।
 
प्रकाशित मिति: ११:४९ बजे, शनिबार, कात्तिक ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्