Kathmandu Press

मध्यरातमै अफतावलाई काठमाडौं ल्याइयो

काठमाडौं, कात्तिक ३०  : पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले आदेश दिएपछि निलम्बित सांसद मोहम्मद आफताव आलमलाई काठमाडौं ल्याइएको छ।&nb....

मध्यरातमै अफतावलाई काठमाडौं ल्याइयो
फाइल

काठमाडौं, कात्तिक ३०  : पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले आदेश दिएपछि निलम्बित सांसद मोहम्मद आफताव आलमलाई काठमाडौं ल्याइएको छ। 

आलमलाई शुक्रबार मध्यरातमा काठमाडौं ल्याएर ललितपुरस्थित नख्खु कारागारमा राखिएको हो।  सुरक्षा सर्तकताका कारण आलमलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। 

आलमलाई डिल्लीबजार  कारागारमा राखिने भनिएपनि गएराति नख्खु कारागारमा राखिएको हो। उनलाई त्यहाँबाट डिल्लीबजारस्थित कारागारमा पठाइने सम्भावना रहेको छ। 

१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै २३ जना मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।  

रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा पक्राउ परेका आलमलाई शुक्रार थुनछेक बहस सकिएपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा पठाउन आदेश दिएको थियो। सुरूमा गाैरस्थित कारागारमा राखिएपनि सुरक्षा सतर्कताका कारण उनलाई काठमाडाैं ल्याइएको हो। 

आलमका पक्षमा बहस गर्ने कानून व्यवसायी धेरै भएपछि बहस ८ दिन लम्बिएको थियो।  सरकारी वकिलको कार्यालय, रौतहटले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। आलममाथि त्रिलोकप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते बनाएकोमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने दाबीसहित अभियोग पत्र दर्ता गरिएको थियो।

प्रहरीले आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको थियो। आलम पक्राउ परेपनि अन्य भने फरार छन्।

प्रकाशित मिति: ०९:५९ बजे, शनिबार, कात्तिक ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्