Kathmandu Press

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा 

काठमाडौं, कात्तिक ३० : प्रधानमन्त्री केपी शर्मा ओली ग्रान्डी अस्पताल पुगेका छन्। 

स्वास्थ्य चेकजाँचका लागि प्रधानमन्त्री ओली शनिबा....

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा 

काठमाडौं, कात्तिक ३० : प्रधानमन्त्री केपी शर्मा ओली ग्रान्डी अस्पताल पुगेका छन्। 

स्वास्थ्य चेकजाँचका लागि प्रधानमन्त्री ओली शनिबार बिहान ग्रान्डी अस्पताल पुगेका हुन्। केही समयअघि मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमै डायलासिस गराएका थिए। 

१२ वर्षअघि प्रत्यारोपन गरेको मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले ग्रान्डीमा दुई बसेर डायलासिस गराएका थिए। त्यसपछि कात्तिक १६ मा बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौलामा समस्या देखिएकाले अब नियमित डायलासिस गर्नु पर्ने अवस्था आएको बताएका थिए।  त्यो बैठकमा उनले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बताएका थिए।

मिर्गौला प्रत्यारोपणपछि १२ वर्षदेखि नियमित औषधि सेवन गर्दै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्ला केही वर्षदेखि समस्या देखिँदै आएको छ। प्रधानमन्त्री ओलीले यसअघि गत भदौंमा सिंगापुर पुगेर उपचार गराएका थिए।

यो पनि : स्वास्थ्यबारे ब्रिफिङ गर्दै प्रधानमन्त्रीले भने- अब नियमित डायलासिस गर्नुपर्ने भयो

प्रकाशित मिति: ०९:०१ बजे, शनिबार, कात्तिक ३०, २०७६