प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा नियुक्त
काठमाडौं, कात्तिक ३० : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास....

काठमाडौं, कात्तिक ३० : प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रेस सल्लाहकारमा नियुक्त भएका थापा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख हुन्।
थापाले यसअघि झलनाथा खनाल प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकारको भूमिकामा काम गरेका थिए। डा. कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारीसहित ६ जनालाई सचिवालयबाट बिदा गरेका प्रधानमन्त्री ओलीले थापालाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएका हुन्।
प्रकाशित मिति: ०८:१२ बजे, शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











