जलवायु परिवर्तनबारे अब इटालीका विद्यार्थीले अनिवार्य पढ्नुपर्ने
अर्को वर्षदेखि इटालीको विद्यालयमा सबै तहमा अध्ययनरत विद्यार्थीहरूले जलवायु परिवर्तन र दिगोपनबारे अनिवार्य पढ्नु पर्नेछ।
वातावरणीय शिक्षामा विश्वकै अग्रपङ्क्त....
अर्को वर्षदेखि इटालीको विद्यालयमा सबै तहमा अध्ययनरत विद्यार्थीहरूले जलवायु परिवर्तन र दिगोपनबारे अनिवार्य पढ्नु पर्नेछ।
वातावरणीय शिक्षामा विश्वकै अग्रपङ्क्तिमा उभ्याउने यो इटालीको प्रयास हो। जलवायु परिवर्तनसम्बन्धी मुद्दाहरू अध्यापन गराउनलाई सबै सार्वजनिक विद्यालयहरूले पाठ्यक्रममा वर्षको करिब ३३ घण्टा छुट्याउने शिक्षामन्त्री लोरेन्जो फियोरामोन्टीले बताए।
नागरिक शिक्षाका कक्षाहरूमा यी पाठहरू समावेश हुने फियोरामोनटीका प्रवक्ता भिन्सेन्जो क्रामरोस्साले बताए। “भविष्यका नागरिकहरू जलवायु संकटका लागि तयार हुनुपर्छ भन्ने अवधारणा हो,” क्रामरोस्साले भने।
यसबाहेक, दिगो विकाससम्बन्धी अध्ययन भूगोल, गणित र भौतिक विज्ञानजस्ता अलि परम्परागत विषयमा समावेश हुने उनले बताए। “ती परम्परागत विषय अध्यापन गराउनलाई अझ बढी ध्यान दिइनेछ,” उनले भने।
दक्षिण अफ्रिकाको प्रेटोरिया युनिभर्सिटीमा अर्थशास्त्रका प्राध्यापक फियोरामोन्टीले दिगो विकास र जलवायुलाई शैक्षिक मोडेलको केन्द्र बनाउन समग्र मन्त्रालयमा नै परिवरतन भइरहेको बताए।
“म इटालीको शैक्षिक प्रणालीलाई विद्यालयमा सिक्ने सबै ज्ञानको केन्द्रमा वातावरण र समाजलाई राख्ने पहिलो शैक्षिक प्रणाली बनाउन चाहन्छु,” उनले भने।
कोलम्बो युनिभर्सिटीको सेन्टर फर सस्टेनेबल डिभेलोप्मेन्टका निर्देशक जेफ्री डि. स्याक्स र अमेरिकी अर्थशास्त्रीय तथा सामाजिक चिन्तक जेरेमी रिफ्किन लगायतका वैज्ञानिक विशेषज्ञहरूको प्यानलले जलवायु परिवर्तन र दिगो विकास केन्द्रित राष्ट्रिय पाठ्यक्रम पुनर्विकास गर्न मन्त्रालयलाई सहयोग गर्ने क्रमारोस्साले बताए।
“यो अर्थमा यो नै विश्वको अनिवार्य राष्ट्रिय शिक्षा हो,” उनले भने। फियोरामोन्टी सहभागी फाइभ स्टार मुभमेन्टले वातावरणीय सरोकार र आधारभूत तहमा अभियान चलाएको इतिहास छ।
मन्त्री बनेपछि जलवायु परिवर्तनको विरोध गर्ने र प्लास्टिक तथा चिनीजन्य पेय पदार्थमा कर लगाउने पक्षमा रहेका विद्यार्थीलाई समर्थन गरेकोमा दक्षिणपन्थी विपक्षी पार्टीले फियोरामोन्टीको आलोचना गरेका छन्।