प्रियंका चोपडाले किनिन् अमेरिकामा १४४ करोडको बङ्ला
बलिउड नायिका प्रियंका चोपडा र गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुमा घर किनेका छन्।
प्रियंका र अमेरिकी गायक निकले २० हजार वर्ग फिटको स....

बलिउड नायिका प्रियंका चोपडा र गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुमा घर किनेका छन्।
प्रियंका र अमेरिकी गायक निकले २० हजार वर्ग फिटको सम्पत्ति खरिद गरेका हुन्। उनीहरुको यो आधुनिक घरमा सात बेडरुम, ११ बाथरुम, अग्लो छत र पर्याप्त खुला स्थान रहेको छ।
यो कुरालाई प्रियंकाकी आमा मधु चोपडाले पुष्टि गरेकी छिन्। उनीहरुले सन् २०१८ मा विवाह गरेका थिए।
प्रकाशित मिति: १९:१२ बजे, शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












