Kathmandu Press

तरुण दलले बनायो चुनाव परिचालन र अनुगमन समिति

काठमाडौं, कात्तिक २९ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि केन्द्रीय चुनाव परिचालन र अनुगमन सम....

तरुण दलले बनायो चुनाव परिचालन र अनुगमन समिति

काठमाडौं, कात्तिक २९ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि केन्द्रीय चुनाव परिचालन र अनुगमन समिति बनाएको छ। 

काठमाडौंमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले उपाध्यक्ष उत्तमकुमार चापागाईको संयोजकत्वमा केन्द्रीय चुनाव परिचालन समिति बनाउने निर्णय गरेको हो। समितिको सदस्यमा उपनिर्वाचन हुन गइरहेका ३७ जिल्लाका नेपाल तरुण दलका जिल्ला अध्यक्ष रहने छन्।  

यस्तै, बैठकले कोषाध्यक्ष विद्धान गुरुङलाई उपनिर्वाचन केन्द्रीय अनुगमन समितिको संयोजक तोकेको अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए।

यसैगरी,  बैठकले उम्मेदवार हुने सबै तहका निर्वाचन हुने सम्बन्धित जिल्लाका जिल्ला अध्यक्षहरुलाई निर्वाचनको निर्वाचन परिचालन समितिको संयोजक तोकिएको अध्यक्ष बस्नेतले बताए। 

हेर्नुस् विज्ञप्ति : 


 

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, कात्तिक २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्