Kathmandu Press

युनिभर्सल कलेजका विद्यार्थीहरूले सुरू गरे अनसन

काठमाडौं, कात्तिक २९ :  युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाका विद्यार्थीले रिले अनसन सुरु गरेका छन्।

सरकारले त....

युनिभर्सल कलेजका विद्यार्थीहरूले सुरू गरे अनसन

काठमाडौं, कात्तिक २९ :  युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाका विद्यार्थीले रिले अनसन सुरु गरेका छन्।

सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्तासहित ६ बुँदे माग राख्दै बिहीबारदेखि विद्यार्थीहरुले अनिश्चतकालीन रिले अनसन सुरु गरेका हुन्। लामो समयदेखि शुल्क फिर्ताका लागि आन्दोलन गरेपनि कलेज प्रशासनले कुनै चासो नदिएपछि अनिश्चितकालीन अनसन शुरु गरेको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ।

अनसनमा एमबिबिएस, बिडिएस, प्यारोमेडिक्स र नर्सिङमा अध्ययनरत विद्यार्थी बसेका छन्।  युनिभर्सल कलेजका विद्यार्थीहरु बढी लिएको शुल्क फिर्ता गर्न माग गर्दै कात्तिक १३ गतेदेखि पढाइ छोडेर आन्दोलनमा उत्रिएका छन्।

कलेजका एक विद्यार्थीले काठमाडौं प्रेससँग भने,‘यो हाम्रो पढ्ने समय हो। पढ्नुको सट्टा कहिले सिडिओ कार्यालय, कहिले उपत्यका, कहिले कलेज धाउदा ठिक्क छ।’ 

उनीहरुले प्रथम र द्वितीय वर्षका विद्यार्थीको रकम समायोजन गर्नुपर्ने र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीको शुल्क फिर्ता दिनुपर्ने माग राखेका छन्।

सरकारले उपत्यका बाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँमा शुल्क तोकेको छ। तर, कलेजले पहिलो वर्षकै विद्यार्थीहरुबाट ५५ लाख रुपैयाँ उठाएको छ। 

यस्तै, बिडिएसतर्फ उपत्यका बाहिरका लागि २० लाख १९ हजार ५ सय ८० रुपैयाँ तोकेको छ। 
 

प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, कात्तिक २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्