Kathmandu Press

तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी

काठमाडौं, कात्तिक २९ : काठमाडौं महानगरपालिकाले उपत्यकभित्र चल्ने तीन पाङ्ग्रे सवारीसाधनलाई सञ्चालनमा रोक लगाउने तयारी गरेकोे छ।

विद्युत....

तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी
फाइल

काठमाडौं, कात्तिक २९ : काठमाडौं महानगरपालिकाले उपत्यकभित्र चल्ने तीन पाङ्ग्रे सवारीसाधनलाई सञ्चालनमा रोक लगाउने तयारी गरेकोे छ।

विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने गरी महानगरले २० वर्ष पुराना तीन पाङ्ग्रे सवारीसाधनलाई हटाउने तयारी थालेको हो। ग्यासबाट सञ्चालित पुराना टेम्पो र निलो माइक्रो बसलाई हटाएर विकल्पको रुपमा विद्युतीय सवारी चलाउने महानगरको तयारी छ।

पुराना र साना तीन पाङ्ग्रे सवारीसाधनले ट्राफिक व्यवस्थापनका लागि पार्किङमा समेत समस्या भएको र शहरको सौन्दर्यलाई कुरुप बनाएकाले हटाउने तयारी गरेको महानगरका सहरी व्यवस्था विभागका प्रमुख हरि कुवँरले जानकारी दिए।

‘हाम्रो प्राथमिकता विद्युतीय सवारीमै छ। नयाँ विद्युतीय बस खरिदका लागि प्रक्रिया पनि अघि बढाएको छौं’,उनले भने। 

हाल पुराना सवारीसाधन सञ्चालन गरिरहेका व्यवसायीहरुलाई विद्युतीय सवारीसाधन सञ्चालन गर्न लगाउने विषयमा महानगरले गृहकार्य पनि थालेको छ।

व्यवसायीलाई असर नपर्ने गरी पुराना सवारीसाधन विस्थापित गर्दै विद्युतीय सवारी सञ्चालनलाई प्राथमिकतामा राखिने उनले बताए।
 

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, कात्तिक २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्