प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं, कात्तिक २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्।
प्रधानमन्त्री ओलीले बालुवाटारमा स....
काठमाडौं, कात्तिक २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन्।
प्रधानमन्त्री ओलीले बालुवाटारमा साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन्। बैठकले प्रधानमन्त्रीको सल्लाहकार समूहका सदस्य र प्रेस सल्लाहकारको नियुक्ति गर्न सक्ने बालुवाटार स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री ओलीका सचिवालयका सबै सदस्यहरुले राजीनामा दिएका थिए। राजीनामा दिएकामध्ये मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्य र सञ्चारविज्ञ रामशरण बजगाई जिम्मेवारीमा फर्किएका छन् ।
जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल, विकास विज्ञ घनश्याम भट्टराई, कम्प्युटर अपरेटर उदय पोखरेललाई भने सचिवालयबाट विदाइ गरिएको छ।






