Kathmandu Press

उद्योगी रुप ज्योति हिरासतमुक्त

काठमाडौं, कात्तिक २९ : उद्योगी एवं पूर्वअर्थराज्यमन्त्री रुप ज्योति हिरासतमुक्त भएका छन्। 

सरकारी वकिलको कार्यालय काठमाडौंले हाजिर....

उद्योगी रुप ज्योति हिरासतमुक्त

काठमाडौं, कात्तिक २९ : उद्योगी एवं पूर्वअर्थराज्यमन्त्री रुप ज्योति हिरासतमुक्त भएका छन्। 

सरकारी वकिलको कार्यालय काठमाडौंले हाजिरी जमानतमा छोड्न प्रहरीलाई पत्र पठाएपछि ज्योति हिरासतमुक्त भएका हुन्।

ज्योतिविरुद्ध ठगी मुद्दा दायर गर्ने व्यवसायी विजेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिन निवेदन दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचलाउने निर्णय लिएको हो। त्यसअघि जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएको थियो।  

अदालतको पत्र प्राप्त भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए। उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा गरिएको हो। 

ठगी मुद्दामा उजुरी परेपछि प्रहरीले उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई पक्राउ गरेको थियो।  

 

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, कात्तिक २९, २०७६