सरकारका अलोकतान्त्रिक काम रोक्न कांग्रेसले उपनिर्वाचन जित्नु पर्छ : रिजाल
पोखरा, कात्तिक २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न कांग्रेसले उपनिर्वाचन जित्नु पर्ने बताएका....

पोखरा, कात्तिक २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न कांग्रेसले उपनिर्वाचन जित्नु पर्ने बताएका छन्।
बिहीबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन। कांग्रेस सत्तामा पनि पुग्दैन तर कांग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ।’
संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि उपनिर्वाचन कांग्रेसले जित्न आवश्यक रहेको रिजालको भनाइ छ। उनले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे।
कास्की कांग्रेसले घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ। पोखराका ११ वटै वडाभित्रका सबै टोलमा कांग्रेसका नेता कार्यकर्ता पुग्ने र मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा भइरहेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए।











